Monday 19 January 2015

गजल सर्जक ५० बाट५९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल

गजल सर्जक ५०
माता – बसुन्धारा ढकालनाम – भगवती रिजाल ढकाल ‘दिपा’
ठेगाना – गौरिगन्ज ७ झापा
पिता – लक्ष्मीप्रशाद ढकाल
शिक्षा – स्नातक
लेखन बिधा – गजल, गीत, कबिता, केस्रा र मुक्तक
हाल – ईजरायल

गजल १
सबैको मन लगाउने ठाउँ भेटिन्छ झापैमा ।
सौन्दर्य उस्तै स्वर्गझै गाँउ देखिन्छ झापैमा ।।

भद्रपुर पर्योै सदरमुकाम झलमल शहर ।
जडि र बुटी ल्याएर यही बेचिन्छ झापैमा ।।

सतासी धाम जमुना खाडी दमक घुमेर ।
आनन्द लिई खुशीको शिखर टेकिन्छ झापैमा ।।

त्यो चन्द्रगढी एयरर्पोट अनी बल्दछ झलल ।
गडी कै माथि राष्ट्रिय खेल खेलिन्छ झापैमा ।।

सामुन्द्रिक छल्का यो कृति पढि सकेसी आउनु ।
ए साथी सङ्गी रमाईलो ठाउँ हेरिन्छ झापैमा ।।
– भगवती रिजाल ढकाल ‘दिपा’
गौरिगन्ज ७ झापा

गजल २
समयले पु¥याई दियो तिमी देखी टाढा ।
तन मन तिमी संगै माया झनै गाढा ।।

माया भन्ने चिजै यो त अचम्म कै रैछ ।
जती टाढा भए पनि हुन्न रैछ काँडा ।।

एक्लिएर बस्ने रहर कहाँ हो र मेरो ।
करै लाग्यो समयले दो¥याएर लाँदा ।।

दुःख पिडा आँशु तिम्रा मनै लिन सक्छु ।
यही मेरो अन्तिम ईच्छा म मरेर जाँदा ।।
–भगवती रिजाल ढकाल ‘दिपा’
गौरिगन्ज ७ झापा

गजल ३
पाईन छोरी पुज्नलाई तिम्रा कोमल ति पाउ ।
आउँदै थिए बढेर खोली रोकिदा यि नाउ ।।

खै कता जाउ म कसो  गरुँ छटपटी बढ्दैछ ।
चढेर डोली पारेर शून्य गयौ रे छोडि त्यो गाउँ ।।

क्षितिज बाटै सुनेथें तिमी रोएको त्यो चित्कार ।
बेसरी दुख्यो यो छाती संगै मनको यि घाऊ ।।

छोरीको जात पराईको घर जानु नै पर्दछ ।
राखेर नाम त्यो घर अब हाँसेर सजाऊ ।।

आउँदै गर्नु कहिले कााही सम्झेर हामीलाई ।
नझार्नु आशु दुःखमा पनि हाँसेर हँसाउ ।।
–भगवती रिजाल ढकाल ‘दिपा’
गौरिगन्ज ७ झापा

गजल ४
लुम्बिनीको शान्ती सन्देश विश्व सामु बाँड्न सकुँ ।
मातृभुमी प्यारो नेपाल यि आँखामा राख्न सकुँ ।।

तराई मेरो खेल्ने आगन पहाड हिमाल स्वर्ग भुमी ।
जुनि–जुनी सयौँ जुनि नेपाली भई नाँच्न सकुँ ।।

कोही हुन्न सानो ठूलो जात एकै नेपाली हो ।
मेरो लक्ष्य समानताको डोरी अब गाँस्न सकुँ ।।

यो मुटु र ढुकढुकिमा धड्कि रा’छ मेरो राष्ट्र ।
सिमा मिच्दा पूर्व पश्चिम दुश्मनलाई काट्न सकुँ ।।

हुने छैन खेद मलाई चाहे मेरो ज्यानै जाओस ।
रहे सम्म जिन्दगानी देशकै माया साँच्न सकुँ ।।
–भगवती रिजाल ढकाल ‘दिपा’
गौरिगन्ज ७ झापा

गजल ५
बर्षौ देखी एक्लो जीवन तडपिएर बाँची रहे ।
मन भरी अपार माया संगालेर साँची रहे ।।

मुटु आफ्नो दुखाएर रहर ईच्छा मारेर नि ।
उसकै तस्बिर यो मुटु र मन भित्र टाँसी रहे ।।

बिना आगो भित्रभित्रै यो जिन्दगी जले पनि ।
दुनियाँको सामु म त जलेर नि हाँसी रहे ।।

कस्तो भाग्य रैछ कुन्नी हाँसो खुशी भेटिएन ।
जिन्दगीमा पिडा अनी आशुँको नै दासी रहे ।।

तड्पिएरै हरेक मोडमा काँडा माथि पाईला राखी ।
बाध्यतामा विवश भई आशुँ बोकी नाँची रहे ।।
–भगवती रिजाल ढकाल ‘दिपा’
गौरिगन्ज ७ झापा





गजल सर्जक ५१
नाम – दिपेश तमाङ् गोले
ठेगाना – हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर
पिता – कमलबहादुर गोले
माता – फुलमाया गोले
शिक्षा – साधारण
प्रकाशित कृति – प्रवाशका अक्षरहरु गजल सङ्ग्रह, 
लेखन बिधा – गजल, गीत, कबित,ा मुक्तक, तप्कना


गजल १ 
घरको चुलो बल्दैन दैब जे जसो गर्दा पनि । 
बिहान देखी बेलुकी सम्म पसिना झर्दा पनि ।। 
 
कहिले सुख पाईन यहाँ किसान भए पनि । 
नफल्दा अन्न बारीमा दुःखले छर्दा पनि ।। 
 
बिचल्लीमा परेको छु कस्ले सुन्छ पिडा । 
देखेनौ दैब तिमीले यहा भोकले मर्दा पनि ।। 
 
गरिबी यो जीवन देखी विवश भाको छु म । 
हेरेनौ दैब कहिले मलाई दुःख पर्दा पनि ।। 
 
घरको चुलो बल्दैन दैब जे जसो गर्दा पनि । 
बिहान देखी बेलुकी सम्म पसिना झर्दा पनि ।। 
–दिपेश तमाङ् गोले
हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर
 
गजल २ 
लाखौं बाट पाए आज तिमीलाई छानी । 
सुम्पदैछु मैले मेरो यो पुरै जिन्दगानी ।। 
 
हजारौ मा एउटा फूल रोजेको छु मैले । 
बनाई राख्छु, तिमीलाइ आँखाको नानी ।। 
 
किन लजाई बस्छौ तिमी भन मेरी प्रिय । 
आउ बस साथैमा आफ्नै मान्छे मानी ।। 
 
भोली यहाँ, के हुने हो केही थाहा छैन । 
संगै बाँचौ हाँसौ यहि आफ्नो भाग्य ठानी ।।
 
लाखौं बाट पाए आज तिमीलाई छानी । 
सुम्पदैछु मैले मेरो यो पुरै जिन्दगानी ।। 
–दिपेश तमाङ् गोले
हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर

गजल ३ 
देशमा शान्ती छाए सबै खुशी हुन्थ्यौ होला ।
नेपाल आमा हाँसेको नि अनी सुन्थ्यौ होला ।। 
 
भ्रष्ट्रचारी देश द्रोही नभएमा कोही पनि । 
बिकाशको शिखर पनि पक्कै छुन्थ्यौ होला ।। 
 
देश बनाउ नेताहरु जनताको विश्वास नतोड । 
आफ्नो खल्ती भर्ने भए किन चुन्थ्यौ होला ।।
 
न्याय कर्मी आँखा खोली न्याय दिए सबैलाई । 
खुशीले त्यो शिमा नाघी कती रुन्थ्यौ होला ।। 
 
देशमा शान्ती छाए सबै खुशी हुन्थ्यौ होला ।
नेपाल आमा हाँसेको नि अनी सुन्थ्यौ होला ।। 
–दिपेश तमाङ् गोले
हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर
 
गजल ४ 
लाखौं को भिडमा एउटी परी देखियो । 
यस्तो लाग्छ रोजे जस्तै साथी भेटियो ।। 
 
जुन जस्तो मुहार उन्को ति काला केशहरु । 
सुस्त सुस्त पाईला उनकै सामु टेकियो ।। 
 
हिउँ जस्तै गोरी सुन्दरताको धनी उनि । 
हुँदै समिप अनि न्यानो अंगालोमा बेरियो ।। 
 
तोडी गई यो मुटु मेरी मनकी रानीले । 
र त पिडा समेटी गजल बनाई लेखियो ।। 
 
लाखौं को भिडमा एउटी परी देखियो । 
यस्तो लाग्छ रोजे जस्तै साथी भेटियो ।। 
–दिपेश तमाङ् गोले
हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर
 
गजल ५ 
तिमी मेरो जिन्दगी हौ सधैं माया गर्छु म त । 
जुनी–जुनी सयौ जुनी तिम्रै भर पर्छु म त ।। 
 
तिमी नै हौ मेरो खुशी तिमी नै हौ मेरो संसार । 
तिमी भए काँडा टेकी जंघार पनि तर्छु म त । । 
 
तिमी बिना के अर्थ र मेरो यो जिन्दगीको । 
छोडी कतै नजाउ है तड्पी–तड्पी मर्छु म त ।।
 
कहिले घाम कहिले पानी यस्तै हरेछ, जिन्दगानी । 
म रोए नि तिम्रो खातीर सँधैं मुस्कान छर्छु म त ।।
 –दिपेश तमाङ् गोले
हाडीखोला ४ भुन्द्रुङ् मकवानपुर




गजल सर्जक ५२
नाम – सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
ठेगाना – त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपार्क
हाल – अमेरिका
बाबा – ठानु प्रशाद अधीकारी
माता – मोतिमाया अधीकारी
जन्मस्थान – मुचोक ६ कुसुन्डे गोर्खा
शिक्षा – स्नातक
प्रकाशित कृति – प्रवाशका अक्षरहरु संयुक्त गजल सङ्ग्रह, हैईसेत संयुक्त गजल सङ्ग्रह ।
लेखन बिधा – गजल, गीत, कबिता, मुक्तक, हाईकु ,लघु कथा
 
गजल १
नेपाल आमाको विश्वाश छ गोर्खा जिल्लामा । 
सिङ्गो नेपालीको ईतिहास छ गोरखा जिल्लामा ।। 
 
टुक्रिएका राज्यहरु मिलाएर एक सुत्रमा । 
बाँध्ने शक्तिको प्रयास छ गोर्खा जिल्लामा ।। 
 
कच्ची बाटो पुगेकोछ गाँउ घरमा पनि आज । 
यातायातको बिकास छ गोर्खा जिल्लामा ।। 
 
दरौदिको तिरै तिर बाटो वारपार पुग्दा खेरी । 
साँचै स्वर्गको आभाष छ गोर्खा जिल्लामा ।। 
 
झरना खोला सुसाउँछन् त्यसै माथि झनै । 
डाँफे, मुनाल, कोईलीको बास छ गोर्खा जिल्लामा ।। 
– सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपाक

गजल २ 
मानसिक  रोगको तनावमा बाँच्नु पर्छ, पर्देशमा । 
रुखो साहुको दबाबमा बाँच्नु पर्छ, परदेशमा ।। 
 
दिन रात तातो घाममा पसिना त्यो बगाउँदा नी । 
स्वच्छ खानाको अभावमा बाँच्नु पर्छ, पर्देशमा ।। 
 
थकाईले गल्छ शरीर बिना आँगो बल्छ छाँती । 
मन जलाउँदै सरावमा बाँच्नु पर्छ, परदेशमा ।। 
 
ज्यानको बाजी लगाएर ज्योतिएर गोरुले झै । 
कर्तब्ययुक्त लगावमा  बाँच्नु पर्छ परदेशमा ।। 
 
समयको गती संगै चल्नु पर्छ मेसिन जस्तै । 
निरन्तर सधै झुकावमा बाँच्नु पर्छ, परदेशमा ।। 
– सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपाक

गजल ३
देशको लागी अघी सर फर्क युवा स्वदेशमै । 
सबै मिली बिकाश गर फर्क युवा स्वदेशमै ।। 
 
बगाउ बरु पसिना त्यो आफ्नै माटो खनि । 
श्रम गरी बसाउ घर फर्क युवा स्वादेशमै ।। 
 
कती सुख पायौ तिमीले गुलाम गरी बिदेशको । 
मान्नु पर्छ होला डर फर्क युवा स्वदेशमै ।। 
 
तरकारी र फलफुल रोपे धेरै फाईदा हुन्छ । 
बेच्न आँफै बजार झर फर्क युवा स्वादेशमै ।। 
 
खेती योग्य जमिन त्यो बाँझै भयो सिचाई बिना । 
सिंचिएर अव बाली छर फर्क युवा स्वदेशमै ।। 
– सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपाक

गजल ४ 
सार्वजनिक समितिमा अधिकरण भएको छ । 
धुलो धुँवा शहरको बातावरण भएको छ ।। 
 
हरियो बन नेपालको धन नारा लगाए पनि  । 
प्रकृतिको काख भित्रै बस्त्र हरण भएको छ ।। 
 
स्वभावै हो मान्छेको त हरियाली रुचाउनु । 
जंगल मास्न फेरी किन जागरण भएको छ ।। 
 
जानी–जानी आँगोमा घिउ थप्छन मान्छेहरु । 
बाले चलन किस्ता बन्दिको चरण भएको छ । 
– सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपाक
 
गजल ५
मिठो बोली बोल्दा घोच्ने काँडा सोच्यौ, ठिकै ग¥यो । 
घरमा राख्न नसुहाउँने भाँडा सोच्यौ, ठिकै ग¥यो ।। 
 
डर लाग्छ किन फेरी गुमाउनु, पर्ला भनी । 
कर्तब्यमा  हुँदाहुँदै छाडा सोच्यौ, ठिकै ग¥यो ।। 
 
म त तिम्र पूजारी थेँ मर्थे म त तिम्रै खातिर । 
हुँदा हुँदै समिप पनि टाढा सोच्यौ, ठिकै ग¥यो ।। 
 
तिमीलाई यो मुटुका धडकन भित्र, राखे पनि । 
अर्कै सँग आज मलाई गाढा सोच्यौ ठिकै ग¥यो ।। 
 
पिरतिको फुल यहाँ फुल्न नपाई, ओइलिएपछि । 
‘शिरु’को दिल पत्थरको डाँडा सोच्यौ, ठिकै ग¥यो ।।
– सुमित्रा अधिकारी ‘धिताल’ सिरु 
त्रिपुरा सुन्दरीमार्ग १०४÷६५ नयाँ बसपाक





गजल सर्जक ५३
तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ्
हाल दोहा कतार
सम्पर्क नम्बर +९७४६६८०८३७४

गजल १
सँगै जिउने सँगै मर्ने आशा देखाएर ।
टाढा भयौ बैरिलाइ तमासा देखाएर ।।

मुनालाइ यसकारण टाढा बनाइयौ ।
मदनलाइ सुनखानि ल्हासा देखाएर ।।

यसरी बाह्रवर्षे बनबास सुनाइयो ।
सकुनिले पाण्डवलाइ पासा देखाएर ।

आज भगवान पनि फरक–फरक छ ।
अनेक थरि जात धर्म भाषा देखाएर ।।

‘माथे’ अब सुर्य चन्द्र छुने गजल लेख्छ ।
केहि हुन्न अब तिमीले निराशा देखाएर ।
–तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ

गजल २
बा–आमालाइ दङ्लाए जस्तो हुँदैन बिदेशमा ।
जति काम गरेनि साहुको मन छुँदैन बिदेशमा ।।

दुख हुँदा बिरामि हुँदा घाउ चोट पटक लाग्दा ।
अँह कहिल्यै कसैको पनि मन रुँदैन बिदेशमा ।।

दुःखको भारि प्रदेशमै बिसाउने आशा छ भने ।
सत्य कुरा यहि हो पैसाले दुःख धुँदैन बिदेशमा ।।

अभावले सँधै पैसाको माग आउँछ, घर बाट ।
पैसाको भकारी आकाशबाट  चुँदैन बिदेशमा ।।

जसको बिश्वासमा सर्वस्व सुम्पेर प्रदेशी हुन्छ ।
उसैले छोड्दा यतिमन त कुँदैन बिदेशमा ।।
–तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ

गजल ३
बिरामी हुनुहुन्छ हजुर ओखती पिउनुस् ।
ठिक्क मात्रामा डाक्टरले भनेजति पिउनुसर ।।

शरावले पनि फाइदा गर्छ स्वास्थ्यको लागि ।
मासु सँग कहिलेकाही अलिकति पिउनुस् ।।

छाड्नुस् यस्ता घातहरु आउछन् जान्छन सधैँ ।
भुल्न नसक्नेले उहि आँशु बर्बरति पिउनुस् ।।

विश्व हल्लाए अनुराधा पुष्पा प्रशान्त तेरियाले ।
यो देखेर नेताजि अब अकलमति पिउनुस ।

ए मित्र धन त दैनिकि गुजारा टार्ने बाटो हो ।
साँच्चै जिन्दगी जिउने भए पिरति पिउनुस् ।
–तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ्

गजल ४
केहि गुमाए जस्तो केही हराए जस्तो ।।
फेरि पुरानो अतीतले बल्झाए जस्तो ।।

अझै याद छ पहिलो भेट पहिलो स्र्पश ।।
उनको चेहरा थियो पुरै लजाए जस्तो ।।

कमाएको केही छैन देखाउन मिल्ने ।।
यही गजल हो मैले केही कमाए जस्तो ।।

पृथ्वीमा माया केही घृण्ाँ गर्ने हुन् भनि ।।
लाग्छ दैवले मान्छे राखि सजाए जस्तो ।।

आँसुका ढिका संग दुखका रोटी खादा ।।
आज बर्षौका लागि भए अघाए जस्तो ।।
–तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ्

गजल ५
पााउदछौ अपरम्पारमा माया आमाको ।
सबै भन्दा धेरै संसारमा माया आमाको ।।

रुन्छन बच्चा भोक प्यास लाग्दा खेरि हेर्नु ।
देखिन्छ हरेक चित्कारमा माया आमाको ।।

छोराछोरि सबलाइ उस्तै प्यार गर्छिन उनि ।
हुन्न भिन्न भन्न ब्यहारमा माया आमाको ।।

सन्तान रुादा रुने हाास्दा हुन्छिन्  गदगद ।
हेर्नुस त हर प्रकारमा माया आमाको ।।

हे जननी तिमि छौ र पो आज हामि छौ ।
महान छ मेरो बिचारमा माया आमाको ।।
–तपाई कै भाई छोरो साथी एस पि माथवर
देउखुरि गंगाप्रस्पुर १ शितलताको बस्ती, दाङ्




गजल सर्जक ५४
लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
साहित्यिक नाम  ः लोकेन पि बि एस लोकेन्द्र
स्थाईठेगाना  ः डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल
बुवा  ः खिमबहादुर पुन
आमा  ः भविता पुन (भगवती)
जन्म  ः २०४८–०९–१४
शिक्षा  ः बि एड प्रथम बर्ष
हाल  ः केलाङग मेरु सेलाङगोर, मलेशिया 
फेसबुक ः lokendrapun96@yahoo.com
Mobil no . 01115632478/0136681544
 
गजल १
आकाश चुम्ने रहरहरु टुटेको छ, आज मेरो ।
साथ दिने मान्छे कतै छुटेको छ आज मेरो ।।
 
हाँस्नु कि रुनु यहाँ दोधार मा परेको छु । 
निधारको भाग्यरेखा फुटेको छ, आज मेरो ।।
 
आफ्नोनो सोची मुटु भित्र राखेको मान्छेले नै ।
देखेका ति सप्नाहरु भुटेको छ,आज मेरो ।।
 
जीवनको अस्तित्व नै नराखेर म बाट ।
बाँच्ने आशा कसैले लुटेको छ, आज मेरो ।।
–लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल
 
गजल २
साँझ पर्छ, जुन उडाउँछ साह्रै मन पोल्छ । 
तिम्रै यादले, मन चुडाउँछ ,साह्रै मन पोल्छ ।। 
 
तिम्रो कसम, मेरि काली कहाँ छौ तिमी । 
तिम्रै यादले, मुटु दुखाउँछ साह्रै मन पोल्छ ।।
 
जुन आउँछ, जुनलाइ सोध्छु थाह छैन भन्छ । 
जुनले पनि, खबर लुकाउँछ साह्रै मन पोल्छ ।। 
 
रुदा रुंदै, सकिन्छ कि कतै यो, जिन्दगी यतै ।
सोच्दा पनि, पिडाले डुबाउँछ साह्रै मन पोल्छ ।।
–लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल
 
गजल ३
सम्झिएर तिमीलाइ यो मन उराठ हुँदैछ ।
कहाली लाग्दो यो  जीबन उराठ हुँदैछ ।। 
 
आफैले आफ्नो मन ढाँट्नै गाह्ररो भयो यहाँ । 
र त तिमीलाइ दिएको वचन उराठ हुँदैछ ।। 
 
मेरि प्यारी सानु बाँच्नै गाह्रो भएको छ । 
त्यसैले त होला यो धड्कन उराठ हुँदैछ ।। 
 
बाचा पुरा गर्न नपाइ ,मरिन्छ कि प्रदेशमै ।
हामी बिचको बाचा, बन्धन उराठ हुँदैछ ।। 
 
“लोकेन“ भन्दै रुदैँ नपिट्नु त्यो छाँती ।
फूल झैँ फुलेको यो यौवन उराठ हुँदैछ ।।
 –लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल

गजल ४
गाउँ बेच्यौ अनी, शहर पनि बेच्यौ ?
बारी बेच्यौ अनी, घर पनि बेच्यौ ?
 
किन के पुगेन, तिम्रो जिन्दगी मा ।
के को लागि त्यो, बगर पनि बेच्यौ ?
 
जिन्दगी नै धनको, सम्झेर पो हो कि ।
आङ्खनो भागको त्यो, सगर पनि बेच्यौ ?
 
जिन्दगी नै भुलेर, अस्तित्व मेटाएर ।
नाम बेच्यौ आफ्नो, थर पनि बेच्यौ ?
 
सुन, चाँदी, हिरा मात्र हैन यो जिन्दगी ।
के सम्झेर मनको त्यो, रहर पनि बेच्यौ ?
–लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल
 
गजल ५
पहिले मलाई ती नयनको तारा बनायौ ।
आज मेरो नयनभित्र अश्रुधारा बनायौ ।।
 
किन खेल्यौ स्वार्थी खेल म निर्दोष संग ।
मायागर्न सिकाइ मायाकै हत्यारा बनायौ ।।
 
लाग्ने छ यो पाप अवश्य तिमीलाई हेर ।
जीवनको सहारा खोसी बिचारा बनायौ ।।
 
यो दिलबाट टाढा भयौ एक्लै छाडिदियौ ।
जिउने आशा संगै लग्यौ बेशाहारा बनायौ ।।
 
मेरा खुशी तिमीलाई बाँच्नु हाँसी हाँसी ।
घात ग¥यो र यो दुखीलाई किनारा बनायौ ।।
–लोकेन्द्र पुन ‘बर्षाद’ (एस)
डाँडागाउँ ४ चाइपाटा जाजरकोट, भेरी नेपाल





गजल सर्जक ५५
नाम – आदर्श दङ्गाल ‘मछिन्रद्र’
ठेगाना – नाङलेभारे ५ काठमाण्डौ नेपाल
हाल –  मलेसिया
फोन नम्बर  +601128136297
शैक्षिक योग्यता – एसएलसी पास
फेसबुक आइडी – आर्दश दङ्गाल

गजल १
धर्म अनि संस्कृतिको, बास छ काठमाण्डौमा ।
लाग्छ मनको छुट्टै, आभाष छ काठमाण्डौमा ।।

पशुपति बौद्धगुम्बा आस्थाका, प्रतीक यहि छन् ।
साँच्चै भनौ नेपालकै, खास छ, काठमाण्डौमा  ।।

धनी गरिब दु.खी पिडित, सबै–सबै अटेकाछन्  ।
सबैका लक्ष्य चुम्ने, आकाश छ, काठमाण्डौमा  ।।

प्राण भन्दा प्यारो लाग्छ, मेरो जन्म भूमि साथि ।
हरेकले चाहे जस्तै, मधुमास छ ,काठमाण्डौमा ।।
– आदर्श दङ्गाल ‘मछिन््रद्र’
नाङलेभारे ५ काठमाण्डौ नेपाल

गजल २
मैले जित्थे पक्का बाजि, हार्ने निधो गरेँ अब ।
दुश्मनलाई जाल भित्र, पार्ने निधो गरेँ अब ।।

पुर्व मेचिदेखि पश्चिम, महाकालि जोगाउन ।
जङगे पिलर ठडाएर, बार्ने निधो गरेँ अब ।।

मेरो देशलाई कुदृष्टिले, हेर्ने ती नजरहरुलाई ।
एक–एक ग,ि छानि–छानि, मार्ने निधो गरेँ अब ।।

मान्छे मार्ने हतियार बिसाएर, कलमको युद्ध गर्न ।
युवा शक्ति अघि–अघि, सार्ने निधे गरे अब ।।
– आदर्श दङ्गाल ‘मछिन््रद्र’
नाङलेभारे ५ काठमाण्डौ नेपाल

गजल ३
टुक्रा–टुक्रा पारी मुटु, चिरेर गएकि मान्छे ।
मेरो नजरबाट तिमी, गिरेर गएकि मान्छे ।।

हाँसी–हाँसी भुल्छे मलाई, म कसरी भुलुँ ।
कुनै बेला यहि दिलमा, छिरेर गएकि मान्छे ।।

माया गर्छु जुनिभरि, भन्दा पनि तिमीलाइ ।
मायाको बदला घात, तिरेर गएकि मान्छे ।।

मुटु भित्र माया फुल्दा, लपक्कै टाँसिएर ।
आज मलाइ रुवाएर, पिरेर गएकि मान्छे ।।
– आदर्श दङ्गाल ‘मछिन््रद्र’
नाङलेभारे ५ काठमाण्डौ नेपाल

गजल ४
मेरो यो नजरबाट हारेर गयौ तिमी ।
मुटु छिया–छिया पारेर गयौ तिमी ।।

हरपल म तिम्रै मुटुमा हुन्छु भन्दै ।
चरिझै बसाई अन्तै सारेर गयौ तिमी ।।

तिमीलाई सम्झेर धड्किन्छ मुटु मेरो ।
यस्तै भन्दै मनको ढोका, बारेर गयौ तिमी ।।

‘आदर्श’ को मायामा रम्ने छु म भनेर ।
चोखो माया यो मेरो मारेर गयौ तिमी ।। 
– आदर्श दङ्गाल ‘मछिन््रद्र’
नाङलेभारे ५ काठमाण्डौ नेपाल

गजल ५
हिजो सम्म माया गर्थिन कान्छु भनेर ।
रुवाएरै पो छोडी आज जान्छु भनेर ।।

सुम्पेकोथें सारा खुसि आँफु दुःख सहेर ।
माया गर्छु उ सँगै घर गरिखान्छु भनेर ।।

पिडा माथि झनै पिडा थपि दिइ मलाइ ।
भन्छे दिलमा  भा’को तस्विर लान्छु भनेर ।।

बुझ्नै सकिन ठट्टा गरि या साँचो भनि उसले ।
भन्छे तिमीलाई आफ्नै दाइ पो ठान्छु भनेर ।।
– आदर्श दङ्गाल ‘मछिन््रद्र’
नाङलेभारे ५ काठमाण्डौ नेपाल





गजल सर्जक ५६
तारा गौतम 
ठेगाना  – काठमाडौं ३४ 
जन्ममिति  – २०३५साल वैशाख १७ गते 
अध्यन  – बि. ए. 
हाल  -  इजरायल, तेलभी
Skype ID :- taragautam48


गजल १
ढक–मक लालिगुराँस फुलाउने तेह्रथुम ।
सौन्दर्यले सबको मन भुलाउने तेह्रथुम ।।
 
मोटर बाटो पुगेपनि असुविधा बाँकीनै छ ।
भारी बोक्न चौरी खच्चड डुलाउने तेह्रँँुम ।।
 
ठाउँ ठाउँमा मठ मन्दिर पर्यटकिय स्थल छ ।
घुमी फिरी फर्कने बेला रुलाउने तेह्रथुम ।।
 
रमाइला सुन्दर डाँडा पहाड संगै हिमाल छन् ।
आलु फापर कोदो बाला झुलाउने तेह्रथुम ।।
 
अलैचीको बारी अनि जता ततै जडिबुटी ।
बाह्रै महिना मिठा फल खुलाउने तेह्रथुम ।।
–तारा गौतम 
काठमाडौं ३४ 

गजल २
जंघार बिचै छुट्टिएको साथ सम्झी रुन्छु अचेल ।
उनीसंगै बिताएका रात सम्झी रुन्छु अचेल ।। 
 
संगै जिउने मर्ने बाचा तोडि जाँदा मलाइ छोडि ।
ठेस लाग्दा समाउने ति हात संम्झी रुन्छु अचेल ।। 
 
संगै जीवन बिताउने आश भरोसा दिँदा दिँदै ।
एक्लो पारि छोडे पछि घात संम्झी रुन्छु अचेल 
 
ठिक्क पारी तिम्रो खुशी मेरो पनि खुशी भनि ।
माया जालमा फसाउँने बात संम्झी रुन्छु अचेल ।। 
 
हरियाली मेरो जीवन पतिङ्गर झैँ भयो आज ।
भुइँमा झरी सुकेका ति पात सम्झी रुन्छु अचेल ।।
–तारा गौतम 
काठमाडौं ३४ 

गजल ३
जीवन भरि पिरै मात्र पालेर के हुन्छ ।
अस्थिपन्जर हार्डहरु गालेर के हुन्छ ।। 
 
छल्कीन्छ आशुँहरु आखाँ बाट उसै पनि । 
ढक्कन छोपी परेलीले टालेर के हुन्छ ।।
 
पलाउँदैन मुना पात नत फुल्छ फूल ।
बालुवामा पानी सँधै हालेर के हुन्छ ।।
 
शुद्ध छैन मन भने किन धाउँनु मन्दिर ।
नुहाएर शरीर  मैला फालेर के हुन्छ  ।।
 
बाँजुन्जेल हेला गर्छन आफ्नै सन्तानले ।
श्रदागर्दै पछि दियो बालेर के हुन्छ ।।
–तारा गौतम 
काठमाडौं ३४ 

गजल ४
नौ महिना कोखामा राखी मैले दुःख गरेकी छु ।
तिम्रै निम्ति भनेर नै सात समुन्द्र तरेकी छु ।।
 
सयौ दु.ख गरे मैले  तिमिलाइ ठूलो बनाउनलाइ ।
पक्कै सुख दिन्छौ भनि  मनमा आशा भरेकी छु ।।
 
स्यानो छँदा सक्दिन थे एक्लै छोड्न तिमीलाई ।
काखी च्यापी भारी बोक्दै लेख–बेसी झरेकी छु ।।
 
हुर्काइ बढाई ठुलो बनाए आज ताकि हिड्छौ ।
कहाँ गल्ति गरे मैले अन्योलमा परेकी छु ।।
 
पाल्छ भन्ने आशा थियो छोरा ठुलो भए पछि ।
बोलाउँदा नि बोल्दैनौ आज जिउँदै मरेकी छु ।।
–तारा गौतम 
काठमाडौं ३४ 

गजल ५
औलाले सुर्य छेकिन्न रैछ ।
मसिले भाग्य लेखिन्न रैछ ।।
 
धाएर हिड्दा गन्तब्य धेरै । 
सुखको बाटो भेटिन्न रैछ ।।
 
देखेको हुन्न सपाना ठुलो । 
खेदेर दुख खेदिन्न रैछ ।। 
 
साथैमा आयो जन्मिदा आँफू 
कर्मको रेखा फेरिन्न रैछ ।।
–तारा गौतम 
काठमाडौं ३४ 





गजल सर्जक ५७
नाम  – राजेन्द्र सिग्देल
ठेगाना  – तोपगाछी ४ झापा नेपाल
जन्ममिति  – २०४० साल श्रावण २९ गते
अध्यन  – आई.ए.
फेसबुक आइडी  - raji_2751@yahoo.com
हाल  -  साउदी अरबको अभा खामिस
फोन न – 00966536314579
 
गजल १
यो शिरले तिम्रा  पाउ छुन पाए हुन्थ्यो  आमा ।
त्यो काखमा शिरराखी रुन पाए हुन्थ्यो आमा ।।
 
चाँहिदैन मलाई त्यो चौरासी व्यंञ्जन खानाहरु ।
पेट भर्न सुख्खा रोटि नुन पाए हुन्थ्यो आमा ।।
 
साहुको ऋण त्यसै छ दिदीको बिहेनी बाँकी छ ।
राम्रो केटा खोजि गोडा धुन पाए हुन्थ्यो आमा ।।
 
बाह्र घण्टा गाह्रो काम दुख पाए प्रवासमा ।
घरकै ति गाइ भैँसी दुन पाए हुन्थ्यो आमा ।।
 
लाहुरे हुन आएको थिए बिदेशीको दास भएँ ।
घरै बसी गोठालो नै हुन पाए हुन्थ्यो आमा ।।
 
चाहिदैन बिदेशी यी सिरक अनि डस्नाहरु ।
घरकै त्यो गुन्द्री राडी ऊँन पाए हुन्थ्यो आमा ।।
– राजेन्द्र सिग्देल
तोपगाछी ४ झापा नेपाल

गजल २
नेपालको पूर्बी जिल्ला भनि चिनिएको मेरो झापा ।
मोरङ्, इलाम, भारत बीचमा, सजिएका, मेरो झापा ।।
 
दक्षिणमा केचना छ उत्तर  अर्जुनधारा धाम ।
राम्रा धार्मिक मठ मन्दिरले भरिएको मेरो झापा ।।
 
समथर छ खेति योग्य जमिन खाध्यन्नको उर्जा भूमि ।
कन्काईको पानी पु¥याई सारा सिन्चिएको मेरो झापा ।।
 
गाउँ गाउँमा मोटर बाटो स्कुल अनि क्याम्पस पनि ।
बिकाश संगै शिक्षामा अघि कहलिएको मेरो झापा ।।
 
पश्चिममा मावाखोला पुर्बमेची नदीको सिमा छ ।
बिचमा रतुवामाइ बिरिङगले काटिएको मेरो झापा ।।
– राजेन्द्र सिग्देल
तोपगाछी ४ झापा नेपाल

गजल ३
आशुँको त के अर्थ भो खुन पनि पानि भयो ।
नरो भन्दा मान्दैन मन रुनलाई बानि भयो ।।
 
हिजो दु्ःख आज दुःख भोलि पक्कै सुख होला ।
भन्दा भन्दै जिन्दगी यो त्यसै बिति जानी भयो ।।
 
दुःख बोकी आएपछि सुख काहाँ, मिल्दो रैछ ।
गरिबको मनमा सधैँ दुःखहरुकै खानी भयो ।।
 
समाजमा शान संगै बाचेको म नाटक गर्छु ।
रातमा साथी आशुँले भिजेको सिरानी भयो ।।
 
भोको पेट भर्नको लागी गरे हुँला कति पाप ।
मरे पछी यमदुतले नर्क मै त लानी होला ।।
– राजेन्द्र सिग्देल
तोपगाछी ४ झापा नेपाल

गजल ४
बारम्बार याद आयो सुन्दरता इलामको ।
स्वाच्छ सफा हराबरा बिशेषता इलामको ।।
 
डाँडा काँडा, हरियाली रमाइलो चियाबारी ।
छ ‘अ’ हुने उर्जाभुमी प्रसिद्धता इलामको ।।
 
प्रकृति झैँ सफा मन भएकाको बसो–बास ।
अथिति सत्कार गर्नु माहानता इलामको ।।
 
सबै जाति  बसेकाछन् आपसमा मिलिजुली ।
एकतामा बाधिएको बिबिधता इलामको ।
 
धुपी सल्ला  सुसाउने संगीतको धुन बनि ।
सबैलाई लोभ्याउने छ क्षमता इलामको ।।
– राजेन्द्र सिग्देल
तोपगाछी ४ झापा नेपाल

गजल ५
हेरी रहुँ जस्तो लाग्छ, लजाएर मुस्कुराउँदा ।
मनमा खुशी अनि माया, सजाएर मुस्कुराउँदा ।।
 
दुइ आत्माको मिलन हो, लाएर माया लाइदैन ।
भन्दै प्रेमको परिभाषा, पढाएर मुस्कुराउँदा ।।
 
जल्थे होला आरिशले, हाम्रो खुशी नचाहने ।
तिम्रा ति हात मलाइ, थमाएर मुस्कुराउँदा ।।
 
रिसाई बस्दा कोठा भित्र, हाँस्न बाध्य हुन्छु ।
ढोकाबाट जिस्काउँदै, चिहाएर मुस्कुराउँदा ।।
 
तिमी मेरो भए ठान्थे, आफुलाई भाग्यमानी ।
मेरै नाउँको सिन्दुर पोते, लगाएर मुस्कुराउँदा ।।
– राजेन्द्र सिग्देल
तोपगाछी ४ झापा नेपाल




गजल सर्जक ५८
नाम – भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 
बाबा – कुलबहादुर खड्का 
आमा – भिमकुमारी खड्का 
शिक्षा – ब्याच्लर तेश्रो बर्ष

गजल १
बाँच्ने र बचाउने कुरा यहाँ चल्दैथ्यो ।
आँखामा सजाउने कुरा यहाँ चल्दैथ्यो ।।

बितेका स्वर्णिम पल बल्झिन थाल्यो रे ।
घाउँमा चुक लगाउने कुरा यहाँ चल्दैथ्यो ।।

देखेँ उसलाइ महान त सडकको पेटी मै ।
जाडोलाई हटाउने कुरा यहाँ चल्दैथ्यो ।।

जनता कै मतले आज महलमा उक्लेर ।
उल्टै पो सताउने कुरा याहाँ चल्दैथ्यो ।।

के बस्छौ यहाँ ए ठूले तिमी सपना देखेर ।
देशद्रोहि चपाउने कुरा याहाँ चल्दैथ्यो ।।
– भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 

गजल २
काँडालाई अंगालेर फुलेको बोटलाई हेर ।
सक्छौ त निर्दोश जिबन जलेको खोटलाई हेर ।।

छ र पो जो थ्यो उसको रहरहरु फेरबदल छन् ।
बर्षौ देखी लाज ढाकेको बाजेको कोटलाई हेर ।।

पिरमा पनि रम्छन यहाँ मन  खुल्ला–खुल्ला ।
दर्दलाई चपाएर मुस्कुराएको ओठलाई हेर ।।

हुनेले पो महल अनि दरवार को कुरा गर्छन् ।
घाम पानीमा ओत लाग्ने गरीबको गोठलाई हेर ।।

छ इज्जत तमास उस्को अनि प्रतिष्ठा छ बेग्लै  ।
उसैको खातिर मुटु झुरक्याउने चोटलाई हेर ।।
– भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 

गजल ३
न यहाँ रुक्छ खोली दिएर दबाबमा ।
न त विश्वाश लाग्छ आफ्नै लगाबमा ।।

छाँया झैँ खुशी पल भरमै डुब्छ यही ।
स्वर्ग लाग्छ जीवन डुब्दा सराबमा ।।

पिडाहरु सहेर जिउनु थियो जसरी नी ।
अल्झाउनुथ्यो श्वास लगाको नकाबमा ।।

सबैको देख्छु यहाँ हाउ भाउ अनौठो ।
के जाँउ र म उदेक हड्डी कवाबमा ।। 

हिजोको उत्सब मनाई उसैले मायामा ।
जिँउदो छ आत्मा पलपल तनाबमा ।।

यो मुटु टुक्राएर नजाउ है मलाइ छोडी ।
बाँच्न यहाँ, गाह्रो छ तिम्रो अभाबमा ।। 
– भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 

गलज ४
बिसिर्एछु जिन्दगी र हर्ष उल्लास के पो कुन्नी ।
मृगतृष्णा लागेको छ भन्छन् बदमास के पो कुन्नी ।।

सम्झनामा बर्सिदिन्छन् मोती दाना बर्बर अचेल ।
भिजेका छन परेली रह्यो याद खास के पो कुन्नी ।।

टुटि जान्छन छुटि जान्छन मन पनि छिनमै अचेल ।
खुशीका पल पाँखा लाग्छन् र सहबास के पो कुन्नी ।।

हुरि चल्दैछ पात झरेको डाली भएर उभि रहेछु ।
बड्दै जान्छ मुटुको वेग भाँचिने त्रास के पो कुन्नी ।।

आफ्नै चेहेरा मलिन छ बढ्छ धड्कन तमासले पो ।
बिर्सु भन्छु र पनि त टुट्दैन आश के पो कुन्नी ।।
– भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 

गजल  ५
बिग्रिँए आँफै चरित्र कस्तो ।
फैलियो मनमा दरिद्र कस्तो ।।

च्यातेँर पाना  कथा मेट्यो ।
दुष्ट छ मुटु म भित्र कस्तो ।।

छुट्याउनै गा¥हो आफ्नो अर्काको ।
बिर्सेँ आँफैलाई म मित्र कस्तो ।।

कसैको खुशी मखमलमा जलेँ ।
हुँदैन यो मन पवित्र कस्तो ।।

फाटेको देख्छु, टालेको देख्छु ।
अचम्म संसार सचित्र कस्तो।।
– भरत खड्का
बास्पानी ३ पोखरी, खोटाङ् 




गजल सर्जक ५९
नाम - पदमा लिंखा मगर
जन्मस्थल  - माम्लिङ् ४, संखुवासभा
कर्मस्थल - झुम्लावाङ्, रुकुम
हाल  - न्युयोर्क अमेरिका
पिता र माताको नाम  - लोकमान लिंखा र पूर्णकुमारी लिंखा
शिक्षा - एम.ए. (अर्थशास्त्र), त्रिभुवन विश्वबिद्यालय किर्तिपुर काठमाण्डौ
कृति - नजर गीति एल्वम (२०१३)
संलग्नता - अनेसास – आजीवन सदस्य

गजल १
मकालुको शीतल हावा डुल्छ कोशी वरिपरि
सम्झनाको तरेलीले लग्छ त्यहीं घरीघरी

संखुवासभा जिल्ला मेरो हिमाल पहाड फैलिएको
वनको शोभा नाँच्छ  डाँफे, मुनाल, रानीचरी

पूर्वपयो कन्चन्जङ्घा पश्चिमतिर सगरमाथा
मेरो प्यारो जन्मथलो रमाउँछु गर्वगरी

रमाइलो गाउँघर मिजासिलो समाज पनि
ढकमक फुल्ने वनचाँप,  गुराँस,  सुनाखरी

हिउँखस्ने पाखा अनि धानझुल्ने फाँट राम्रो
प्राकृतिले भरिपूर्ण लाग्छ मलाइ स्वर्गसरि

त्यहींबाट शुरुभयो जिन्दगीको मेरोयात्रा
कर्मथलो जहाँभा’नि मीठो याद मुटुभरि
– पदमा लिंखा मगर
माम्लिङ् ४, संखुवासभा

गजल २
नजरैमा खोटराखे दागहुन्छ जूनमापनि
बत्तीस लक्षण भरिपूर्ण भेटिंदैन कुनमापनि

सामिप्य छ जताततै आफ्नोमाने पराइभित्र
बिरानो नै ठान्योभने दूरीबढ्छ खुनमापनि

सुसेलीले लोभ्याउँछ मीठोमानी सुन्योभने
पाईंदैन माधुर्यता झर्कोमाने धुनमापनि

दृष्टिभन्दा विवेकले खुट्याउँछ सही केहो
मैलो थेग्रा साथैहुन्छ सेतोलाग्ने चुनमापनि

जान्नुपर्छ गुणचिन्न त बन्छ उपयोगी
सुगन्धको कमीहुन्छ एकनम्वरी सुनमापनि
– पदमा लिंखा मगर
माम्लिङ् ४, संखुवासभा

गजल ३
मेरोमाया तिमीलाई साउनको मूलभयो
आफ्नो सम्झी विश्वासगरें ठूलो भुलभयो

अहिलेसम्म जे जे थिए केलाएर बाँडौं सबै
काँडा जति म लिन्छु तिम्रोभागमा फूलभयो

तर्देजाऊ खोलाहरु पुग्नुतिमी क्षितिजपारी
लत्याएको मेरोमाया तिमीलाई पुलभयो

भन्नेगथ्र्यौ तिम्रो मेरो मायासधैं बराबरी
अहिले किन जोख्नेयन्त्र तिम्रो ठूलो कुलभयो ?

शिरझुकाइ पुजिरहें मनकोभेटी चढाएर
उही देउता मेरोलागि आजकिन शूलभयो ?
– पदमा लिंखा मगर
माम्लिङ् ४, संखुवासभा

गजल ४
जीवनमा आफ्नैलागि गरिएको घात थियो
उनीप्रति एकोहोरो पिरतीको मात थियो

उनकै लागि लेखिएको तर दिन नसकेको
प्रेमपत्र आफैंसित सिरानीमा खात थियो

देउताले नि नजानेको मान्छे किन छुट्टयाउँछन्
काटे उस्तै रगत बग्छ ठूलो सानो जात थियो

देखा देख भए पछि चाह बढ्यो उनीप्रति
मन साट्न रोकावट बीचमा एउटा पात थियो

भेट्ने मौका कहिले जुर्छ उनको मनमा के छ होला
सुनाउन नपाएको उनको लागि बात थियो
– पदमा लिंखा मगर
माम्लिङ् ४, संखुवासभा

गजल ५
अमृत भनी थमाईदियौ प्याला मलाई जहरको
सुन्दर बस्ति छुटाएर वास सा¥यो शहरको

थाहा नपाइ डुब्दैरै’छ डाँडा माथिबाट घाम
देखाउँथ्यौ मलाई भने स्वप्न सुन्दर पहरको

मनलाई बुझ्ने कोहीछैन बिरानो यो वस्तिभित्र
भन्छ सबै बाँच्दैछु रे जीवन मैले रहरको

लेख्दै गर्छु इतिहास तर पढ्ने कसले होला ?
कष्टकार हुँदोरै’छ जिउनु जीवन कहरको
दिउँसै ऐठान लाग्न थाल्यो मनमा चल्दा आँधी
जिन्दगानी विचल्ली नै भो समुद्र नहरको
– पदमा लिंखा मगर
माम्लिङ् ४, संखुवासभा

No comments:

Post a Comment